१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सञ्जालले जोडियो चितवनको कापे गाउँ



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा पर्ने गाउँलाई पहिलोपटक सडक सञ्जालले जोडिएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमा सडक पुगेपछि गाउँको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सजिलो हुने भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

“वर्षौंदेखिको हाम्रो प्रयास सार्थक बनेको छ, गाउँलाई सडक सञ्जालले जोडिएको छ, यहाँका स्थानीयलाई कृषि उत्पादन बजारसम्म लैजान सहज हुने भएको छ”, स्थानीय राम गुरुङले भन्नुभयो । गाउँमा उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन सहज हुने भएपछि स्थानीयवासीको जीवनस्तर उकासिने गुरुङको विश्वास छ ।

स्थानीयवासीले गाउँमा पहिलो पटक पुगेको सवारी साधनका चालकलाई फूलको मालाले स्वागत गरेका थिए । गाउँपालिकाले पछिल्लो दुई आर्थिक वर्षको रु करीब ६३ लाखको लगानीमा उक्त सडक निर्माण गरिएको हो । निर्माणधीन भोर्ले–दाहाखानी–उपरदाङगढी सडक खण्डअन्तर्गतको सडक निर्माण कार्य कापे गाउँसम्म सडक जोडिएको हो ।

निर्माणाधीन सडक चितवनको पुरानो सदरमुकाम ऐतिहासिक पर्यटकीयस्थल उपरदाङगढीसम्म पुर्याई फिस्लिङ–शक्तिखोर सडकसँग जोडेर चक्रपथको रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “समृद्धिको आधार सडक नै भएकाले अहिले हामीले सडकलाई नै प्राथमिकता दिएर विकाश निर्माण गरिरहेका छौं ।”

कापे गाउँ सडक सञ्जालले जोडिएसँगै त्यस ठाउँको ग्रामीण पर्यटनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । कापे गाउँ चितवन इच्छाकामना गाउँपालकाको पहाडी भेगमा पर्ने पर्यटकीय दृष्टिकोण महत्वपूर्ण गाउँ हो । भौगोलिक विकटता र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएका छन् । यहाँ पर्यटक लोभ्याउने कापे तालसमेत संरक्षणको अभावमा सुक्दै गएको स्थानीयवासी बताउँछन् । उक्त स्थानमा वर्षमा एक पटक मेलासमेत लाग्ने गरेको थियो ।