१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोपोन्मुख थारु नाचको संरक्षण हुँदै



अ+ अ-

रुपन्देही । रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताउनुभएको छ ।

“परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ”, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भन्नुभयो । उक्त वडास्थित भडछामा यही माघ ९, १० र ११ गते तीन दिनसम्म भडछा महोत्सव तथा आंैसी मेलाको आयोजना हुन लागेको छ । दिनभर काममा थाकेर बेलुका मनोरञ्जन गर्न थारु समुदायले आफ्नो संस्कृतिका रुपमा माघी औंसीको समयमा यस्तो मेला गर्दै आएका बताइएको छ ।

विसं १९६७ देखि आयोजना हुँदै आएको थारु समुदायको भडसा महोत्सव तथा माघी मेला रातमा हुने मेलाका रुपमासमेत परिचित भएको स्थानीयवासीले बताएका छन् । थारु संस्कार र संस्कृतिको जर्गेना नगरी थारुको पहिचान नहुने उल्लेख गर्दै स्थानीय अगुवा थारुले महोत्सवका लागि नगरपालिकाले रु सात लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । गत वर्ष नगरपालिकाले रु चार लाख आर्थिक सहयोग गरेको थियो । भडछा महोत्सवलाई थारु समेदायले नाच्ने झुमडा र झर्रा नाचको उदगम थलो समेत मानिएको छ ।

महोत्सवका सांस्कृतिक संयोजक रामबहादुर थारुले यी दुबै नाच थारु समुदाय दिनभर काममा व्यस्त भएर रातमा मनोरञ्जन गर्ने परम्परागत संस्कृतिको रुपमा रहेका र यसको जर्गेना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले बड्का नाच सैनामैनास्थित बिचवापुरबाट मात्रै करीब ४० वर्षपछि यस क्षेत्रमा प्रर्दशन भएको उल्लेख गर्नुभयो । पर्यटकीयस्थल लुम्बिनीबाट करिब २० किलोमिटर उत्तर र बुटवलबाट करिब १८ किमी पश्चिम प्रसिद्ध पुरातात्विक मलमला मन्दिरको काखमा सो महोत्सव हुन लागेको छ ।