३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशका जिल्लामा खेलकूदका पदाधिकारी नियुक्त



अ+ अ-

भक्तपुर । वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर समितिको सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केसरी प्रजापतिलाई नियुक्त गरेको उहाँले बताउनुभयो । सदस्य सचिव भण्डारीले काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानवीर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको जानकारी दिनुभयो ।

सामाजिक विकाश मन्त्रालयअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्को मङ्गलबार सम्पन्न बैठकले १३ वटै जिल्लाका खेलकूद विकास समितिलाई पूर्णता दिएको हो । त्यसैगरी वागमती प्रदेशअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले सातवटै प्रदेश र वाग्मती प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिता हेटौँडा र चितवनमा आयोजना गर्ने जानकारी दिनुभयो ।