७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशका जिल्लामा खेलकूदका पदाधिकारी नियुक्त



अ+ अ-

भक्तपुर । वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुर समितिको सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केसरी प्रजापतिलाई नियुक्त गरेको उहाँले बताउनुभयो । सदस्य सचिव भण्डारीले काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानवीर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको जानकारी दिनुभयो ।

सामाजिक विकाश मन्त्रालयअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्को मङ्गलबार सम्पन्न बैठकले १३ वटै जिल्लाका खेलकूद विकास समितिलाई पूर्णता दिएको हो । त्यसैगरी वागमती प्रदेशअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले सातवटै प्रदेश र वाग्मती प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिता हेटौँडा र चितवनमा आयोजना गर्ने जानकारी दिनुभयो ।