१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा



अ+ अ-

विराटनगर । प्रदेश नं.१ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो । एक दलित, एक महिला र एक अन्य गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उहाँले जानकारी दिनुभयो ।

वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये ९क०मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नुहुने छ । उक्त निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनुहुनेछ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरु गरिने सूचना अधिकृत अधिकारीले बताउनुभयो । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तीन, नेपाली काँग्रेसका तर्फबाट तीन र सङ्घीय समाजवादी पार्टीेका तर्फबाट तीन गरी जम्मा नौ जना उम्मेदवार छन् ।

यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस सङ्गठन मोरङ शाखाले ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

यसअघि संयोजकमा सुदीप कोइराला र सहसंयोजकमा गोकुल पराजुली चयन हुनुभएको थियो । समितिका सदस्यमा मनोजकुमार दाहाल, अर्जुनकुमार आचार्य, दिनेश सुब्बा, नेत्र पी अधिकारी, माधवप्रसाद मुकुन्द खतिवडा, हरि अधिकारी, सन्तोष राई, शशाङ्क पौडेल, अनिल श्रेष्ठ, सरोज बस्नेत, सुमन घिमिरे, ज्योति चौहान, नवीन कर्ण, हरिहर नेपाल र बाबुराम भण्डारी रहनु भएको छ ।

यस्तै अन्य सदस्यमा सुरेश अधिकारी, श्रीमन्त भट्टराई, प्रेम देवान, उत्तम पोखरेल, सन्तोष गौतम, मनोजकुमार महतो, बाबुराम मुडियारी, सुजाता लिङ्लेखु, डम्बर विक, अर्जुन राई, नवराज भट्टराई, ध्रुव भट्टराई, रञ्जना बुढाथोकी, पवनकुमार साह, सन्दिप राई, विजय धिमाल, एलिना दियाली र सुस्मिता दाहाललाई चयन गरिएको छ ।