१० असार २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा दुई समुहबीच झडप, एकको मृत्यु, एक गम्भिर घाईते



अ+ अ-

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा दुई समुहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती दुई समुहबीच झडप हुँदा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजनाको बुधबार फाइनल खेल तय भएको थियो । उक्त फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी प्रमुख रेग्मीसहितको टोली राती नै घटनास्थलतर्फ गएको थियो ।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको हो ।

उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।झडपमा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ।