६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

खगेन्द्र प्रकरणमा रास्वपाको यस्तो आयो स्पष्टिकरण

खगेन्द्र प्रकरणमा रास्वपाको यस्तो आयो स्पष्टिकरण
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको संविधान, प्रचलित कानून र यहाँको मौलिक सामाजिक(सांस्कृतिक संवेदनशीलताप्रति सधैं सजग र प्रतिबद्ध रहेको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका सम्बन्धमा व्यक्त आमचासोप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको जनाउदै रास्वपाले मौलिक सामाजिक-सांस्कृतिक संवेदनशीलताप्रति सधैं सजग र प्रतिबद्ध रहेको जनाएको हो ।

रास्वपाले स्पष्टीकरण तथा प्रतिबद्धताहरू पनि सार्वजनिक गरेको छ ।

यस्तो छ रास्वपाको स्पष्टीकरण तथा प्रतिबद्धताहरू

१)उम्मेदवारको स्पष्टीकरण र आत्मलोचना

खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक-सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू ‘शाकाहारी भएको, कुनै पनि पशु(पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको’ प्रष्ट पारिसक्नुभएको छ। सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ।

२) पार्टीको आधिकारिक निर्देशन

पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ।

३) हाम्रो मार्गनिर्देशक सिद्धान्त र प्रस्तावना

रास्वपाको विधान र प्रस्तावनाले ‘नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक(सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मान’ लाई आफ्नो मूल मर्म मानेको छ। हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र ‘राष्ट्रिय एकताू’ लाई अक्षुण्ण राख्न सधैं कटिबद्ध छौं।

४) हाम्रो प्रतिबद्धता

रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा छैन र रहने छैन। हाम्रा उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र होइन, भोलिको संसदमा संयमित, मर्यादित र देशको विधि(विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छौं।

रास्वपा सधैं विधिको शासन, सामाजिक न्याय, धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ।

कविन्द्र बुर्लाकोटी
महामन्त्री