४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

देशलाई पात्र होइन, एजेण्डा चाहिएको छः अध्यक्ष थापा

देशलाई पात्र होइन, एजेण्डा चाहिएको छः अध्यक्ष थापा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उहाँले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्नुहुँदै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको बताउनु भयो । उहाँले संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन आवश्यक रहेकोले यसलाई राजनीतिक सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक प्रक्रियाबाट गरिएको संविधान संशोधनले पनि सबै समस्या हल गर्न नसक्ने बताउनु भयो । अध्यक्ष थापाले राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने बताउनु भयो । उहाँकाअनुसार पुनर्लेखनमार्फत संविधानका राम्रा पक्ष जोगाउँदै कमजोरी हटाउने र आवश्यक विषय थप्न सकिन्छ । उहाँले पाँच वर्षभित्र भ्रष्टाचार निर्मूल पार्ने राष्ट्रिय नीति बनाउनुपर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन औद्योगिकीकरण अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघियताको अहिलेको मोडेल त्रुटीपूर्ण छ । यो हामी सच्याउने कि नसच्याउने ? सच्याउने भने मोडेले के ? संविधानमा त्रुटी छ, यो संविधान फाल्ने भन्छन्, हामी यो फाल्ने पक्षमा छैनौँ । तर यो संविधानलाई संशोधन गरेर जान सकिन्छ, तर संशोधनको मोडल चाहीँ संवैधानिक प्रक्रियाबाट हुँदैन, राजनितिक प्रक्रियाबाट हुन्छ । हामीले त्यही भएर पुनःलेखनको विधि भन्यौँ । राष्ट्रिय सहमति भयो भने पुनःलेखन हुन्छ, त्यही संविधानको राम्रो पक्ष रहन्छ, नराम्रो पक्ष फालिन्छ, नपुगेको थपिन्छ । पाँच वर्ष भित्र भ्रष्टाचारलाई सखाप पार्ने एउटा राष्ट्रिय नीति बनाउने कुरामा पनि हामी सहमत हौ न । मुलुकलाई पूर्णरुपमा आत्मनिर्भर बनाउनलाई औद्योगिकरण गर्ने हाम्रो मोडेलमा सबै सहमत हौँ न । कुनै उम्मेद्वारले वा पार्टीले आफूले प्रतिवद्धता गरेको चीजमा दायाँबायाँ गर्छ वा त्यसलाई पालना गर्दैन भने यो अदालतमा जाने विषय पनि बन्नुपर्छ । अदालतमा प्रश्न उठाउने विषय बन्नुपर्छ । उसलाई रिकल गर्ने पद्धतिले मात्रै पुग्दैन, हामीले यसलाई राईट टु कोर्ट भनेर अगाडीदेखि नै भन्दै आएका छौँ । एजेण्डामा खुलेर बहस गरौँ । देशलाई एजेण्डा चाहिएको हो, पात्र होइन ।’ 

उहाँले चुनावी प्रतिवद्धता कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानूनि दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेद्वार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने उल्लेख गर्नुभयो ।