१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सर्वोच्चले कूटनीतिक राहदानी दुरुपयोगको फाइल तीन वर्षपछि खोज्यो

सर्वोच्चले कूटनीतिक राहदानी दुरुपयोगको फाइल तीन वर्षपछि खोज्यो
अ अ+ अ-

काठमाडौं । कूटनीतिक राहदानी दुरुपयोग गर्दै अस्ट्रेलियामा मानव तस्करी गराएको अभियोगमा पुनरावेदनमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन वर्षपछि फाइल खोजेको छ । सर्वोच्चले मंगलबार कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगसम्बन्धी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाका फाइल झिकाउने आदेश दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले राहदानी दुरुपयोगमा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको किर्ते जालसाजी मुद्दाको फाइल र सरकारी वकिलको कार्यालयले त्यस मुद्दामा पुनरावेदन गरे–नगरेको विवरण पेस गर्नसमेत आदेश दिएको छ ।

जिल्ला अदालतले तत्कालीन समयमा केहीलाई दोषी ठहर गर्दै अधिकांशलाई सफाइ दिएको थियो । विशेषले पूर्वसांसद शिवपुजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो, अन्यले सफाइ पाएका थिए । विशेषको सो निर्णयविरुद्ध सरकार र आरोपी दुवै पक्ष सर्वोच्च पुगेका थिए । विशेषको फैसलाविरुद्ध सरकारले ९ जेठ २०७३ मा सर्वोच्चमा पुनरावेदन गर्दै फैसला त्रुटिपूर्ण रहेको र सांसद नारदमुनि रानासहित सबैविरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसांसदद्वय यादव र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनी दिइएको उजुरीका आधारमा अनुसन्धान गरेर २८ वैशाख २०६८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्वसांसद शिवपुजनको राहदानीमा केदारनाथ शर्मा अस्ट्रेलिया गएको अनुसन्धानबाट खुलेको थियो । अन्य सांसदको पनि सोही प्रक्रियाबाट फोटो परिर्वतन गर्दै राहदानी दुरुपयोग भएको देखिएको थियो ।

राहदानीमा सभासद्को तस्बिर हेरफेर गर्न देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेको आरोप छ । साथै पूर्वसांसद विश्वनाथप्रसाद र साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेका व्यक्ति अस्ट्रेलिया गएको आरोप थियो । मुद्दामा अस्ट्रेलिया गएका छन्त्याललाई एक वर्ष ६ महिना कैद र ७५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला भएको छ ।

को–को तानिएका थिए ?

अख्तियारले संविधानसभा सदस्यको हैसियतले पाएको कूटनीतिक राहदानी दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई विदेश पठाएर भ्रष्टाचार गरेको अभियोगमा चार पूर्वसांसद, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख र केही बिचौलियाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूको राहदानीमा रहेको फोटो उप्काएर अन्य व्यक्तिको टाँसी अस्ट्रेलिया पठाएको र सो कार्यमा सहयोग गरेको मुद्दामा अध्यागमन कार्यालयका कर्मचारीसमेत तानिएका थिए । यादव र साहले आफ्नो नाममा जारी भएको राहदानी १ करोड ६२ लाख रुपैयाँमा बिक्री गरी सार्वजनिक पदको दुरुपयोग गरेको भन्दै सोहीबराबरको बिगो र जरिमाना असुल हुनुपर्ने दाबी अख्तियारको थियो ।

उनीहरूलाई सहयोग गर्ने कार्यमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख खडानन्द ढकाल ९प्रतीक०, रमेश लम्साल, देवीदत्त खत्री, इन्द्रकुमार सुनुवार र श्यामबहादुर भण्डारीको संलग्नता रहेको भन्दै अख्तियारले उनीहरूलाई समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले नारदमुनि राना र शिवपुजन रायलाई जनही २२–२२ लाख रुपैयाँमा राहदानी बिक्री गरेको भन्दै सोहीबराबरको बिगो र जरिमाना असुल हुनुपर्ने माग गरेको थियो ।

यस्तै, राहदानीको फोटो परिवर्तन गर्नेलगायत कार्यमा सहयोग गरी बिचौलियाको भूमिका गरेको अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोज कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारको अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सबै प्रतिवादीसँग बिगो बराबर जरिमाना र ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरिएको थियो ।

तीन वर्षदेखि स्थगित: २०७३ सालमा दर्ता भएको सो मुद्दाको दोस्रो सुनुवाइ हुन सकेको छैन । मुद्दामा पहिलो सुनुवाइ १३ चैत २०७५ मा भएको थियो । न्यायाधीशद्वय ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले विपक्षीलाई झिकाउने आदेश गरेको थियो । यो मुद्दाको अन्तिम पेसी मंगलबार थियो । न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी थियो ।

मुद्दामा कार्कीले कानुन व्यवसायी हुँदा बहस गरेकाले हेर्न नमिल्ने भन्दै स्थगित भएको हो । यसरी विचाराधीन मुद्दामध्ये नेकपाका सांसद नारदमुनि रानाको पनि हो । उनी कैलाली ५ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । सो मुद्दा हालसम्म १८ पटक पेसीमा चढेको छ । १४ न्यायाधीशको इजलासमा पेसी तोकिसकिएको छ । राजधानी दैनिकबाट