१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

मेट्रो रेलको डीपीआर सम्झौता

मेट्रो रेलको डीपीआर सम्झौता
अ अ+ अ-

काठमाडौँ । राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच प्रस्तावित महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सम्झौता भएको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले दिए ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्षभित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने कार्यक्रम छ । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चाप सडक यातायाले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित यो योजना अगाडि सारिएको हो । महाराजगञ्जदेखि रत्नपार्क हुँदै सातदोबाटो पुग्ने गरी ‘एलाइनमेन्ट’ तयार पारिएको प्रस्तावित सो मेट्रो रेलमार्गको कुल लम्बाइ १२ किलोमिटर हुनेछ ।

मिश्रका अनुसार यस मेट्रो रेल खण्डको पूर्वसम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ । महाराजगञ्ज–बूढानीलकण्ठ–टोखा सडकखण्डमा र सातदोबाटोदेखि खोकनासम्म मेट्रो रेल निर्माण गर्ने लक्ष्य रेल विभागको रहेको छ । काठमाडौँको टोखादेखि महाराजगञ्ज चोकसम्म र सातदोबाटोदेखि खोकनासम्मको पूर्वसम्भाव्यता अध्ययन गर्न अझै बाँकी नै रहेको बताउँदै उनले सो खण्डको पूर्वसम्भाव्यता अध्ययन गर्नका लागि परामर्शदाता कम्पनी छनोट गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौँमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चामा छ । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मा नै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । सो अध्ययनले काठमाडौँ उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्र रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो ।

जसमध्ये कुल ५२ किलोमिटरमा आकाशे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो । प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किमी, कीर्तिपुर–कालिमाटी–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिस गरेको थियो । विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन् । केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।

अबको ५० वर्षको यातायातको सहज व्यवस्थापनका लागि प्रतिघण्टा ५० हजार यात्रुले छिटो समयमा यात्रा गर्न सक्ने अन्डरग्राउन्ड काठमाडौँ मेट्रोको निर्माण गर्नुको अर्को कुनै विकल्प हुन नसक्ने रेल विभागको दाबी छ । भूकम्प जाँदा जमिनमाथिको संरचनाभन्दा जमिनमुनिको संरचना बढी सुरक्षित हुने भएकाले भूकम्पीय दृष्टिकोणले अति जोखिमपूर्ण अवस्थामा रहेको काठमाडौँ उपत्यकामा भू–मार्गभन्दा सुरुङमार्ग सुरक्षित हुने देखिएको छ । गोरखापत्र दैनिकबाट