१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर नै श्रीसिया नदीमा फल्छन् फोहर



अ+ अ-

वीरगञ्ज । जिल्लास्थित श्रीसिया नदी दिनप्रदिदिन प्रदूषित हुँदै गएको छ । प्रदूषित हुनुमा सबैभन्दा बढी वीरगञ्ज महानगरपालिका नै प्रमुख दोषी देखिएको छ । अहिले महानगरपालिकाले महानगरबाट संकलित सम्पूर्ण फोहर श्रीसिया नदीको किनारमा फाल्दै आएको छ । लामो समयदेखि रामराजपुलदेखि मितेरीपुलसम्म श्रीसिया नदीको वरपर महानगरले दैनिकरूपमा फोहोर फाल्दै आएको छ । वीरगञ्ज मनपामा अन्दाजी दैनिक ७० मेट्रिक फोहर संकलित हुन्छ ।

ती फोहर अहिलेको समयमा वीरगञ्ज मनपा–१० अशोकवाटिका र ठाकुर राम क्याम्पसपछाडि श्रीसिया नदी किनारमा फाल्ने गरिन्छ । श्रीसिया नदी प्रदूषणमुक्त गर्नका लागि एक वर्षअघि गठित श्रीसिया नदी एवं प्रदूषणमुक्त अभियानले गोष्ठी, धर्ना, ज्ञापन र हस्ताक्षर अभियान चलाउनुका साथै एक वर्षअघि अदालतमा मुद्दा दायर पनि गरेको थियो । अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा वीरगञ्ज महानगरपालिकासमेत श्रीसिया नदीको पानी प्रदूषित गर्ने कार्यमा संलग्न १२ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

अहिलेसम्म यो मुद्दाको टुंगो लागेको छैन । अदालतले जारी गरेको समन दुई जना उद्योगीले नबुझेका कारण मुद्दा अदालतमा विचाराधीन छ । अभियानले वीरगञ्ज महानगर, सुशील वनस्पति घ्यू उद्योग, स्ट्यान्डर्ड, मरियम, नेसनल, नेपाल र ग्लोबल छाला उद्योग, निम्बस प्रालि, अरनिका प्रोसेसिङ, अजित टेक्सटाइल्स, कन्साई नेरोलेकले श्रीसिया नदीको पानी प्रदूषित गरेको भनी मुद्दा दायर गरेको हो । यसैगरी, अभियानले वीरगञ्ज महानगरस्थित ४७ वटा उद्योगविरुद्ध निषेधाज्ञाको लागि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको थियो ।

०७६ असोज ८ मा दायर भएको निषेधाज्ञाको सम्बन्धमा पनि ४७ वटा उद्योगमा अदालतले समन पठाउने कार्य गर्दै आएको छ । अहिले म्याद तामेल हुन नसकेकाले निषेधाज्ञामा पनि अदालतले सुनवाइ गर्न सकेको छैन । निषेधाज्ञा जारी किन नगर्ने भन्नेबारेमा अदालतले सबै उद्योगीलाई हाजिर हुन डाँकेको छ । अभियानका संयोजक कुर्मीले श्रीसिया नदी प्रदूषण सम्बन्धमा पर्सा जिल्ला अदालतमा दिएको मुद्दा सम्बन्धमा उद्योगहरूले श्रीसिया नदी आफुहरूले प्रदूषित नगरेको प्रतिउत्तर दिएको बताए । उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्टमार्पmत उद्योगको पानी उपचार गरी आफैले प्रयोग गरिरहेको प्रतिउत्तरमा जनाएको उनले बताए ।

तर, श्रीसिया नदी प्रदूषण सम्बन्धमा ०६७ सालमा गठित श्रीसिया नदी अनुगमन तथा प्रतिवेदन समितिका संयोजक रितेश त्रिपाठीले छाला उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरे पनि प्रयोगमा नल्याएको बताए । उनले ०६७ सालमा जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रजिअ नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै श्रीसिया नदी प्रदूषणमा ४६ वटा उद्योग प्रत्यक्ष रूपमा दोषी देखिएकोले कारबाही गर्न सिफारिस गरेको बताए । ४६ वटा उद्योगमा सबैभन्दा बढी छाला उद्योग, राइस मिल, सिमेन्ट उद्योग, टेक्सटाइल्स, औषधि, मैदा उद्योग तथा खाद्यान्नका विभिन्न सामग्री र फलाम उद्योगबाट श्रीसिया नदी प्रदूषित भइरहेको र ती उद्योगहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको बताए ।

सो बेला बुझाएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, पर्साले हालसम्म कार्यान्वयन नगरेको उनको भनाइ छ । तर सोही अवधिमा उद्योग मन्त्रालयमा प्रतिवेदनकै आधारमा गरिएको उजुरीपछि मन्त्रालयले १२ वटा उद्योगलाई पाँच लाख जरिवाना गरेको उनले बताए । जरिवाना भएका उद्योगहरूले रकम तिरे पनि हालसम्मको अवधिमा श्रीसिया नदी प्रदूषित नगर्ने उपायहरू अवलम्बन नगरेको त्रिपाठीले बताए । उनले छाला उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरे पनि पानी उपचार नगरी श्रीसिया नदीमा प्रदूषित पानी बगाउने गरेको दाबी गरे । श्रीसिया नदीको प्रदूषणको कारण छिमेकी भारतका रक्सौलवासी पनि प्रताडित छन् ।

त्यहाँ पनि ‘सरिसवा नदी बचाओ’ अभियान चालिएको छ । अभियानका संयोजक डा। अनिल सिन्हाले पनि श्रीसिया नदीको पानी प्रदूषणमुक्त हुनुपर्छ भनेर विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय नियमले पनि श्रीसिया नदी प्रदूषणमुक्त अवस्थामा भारतमा बग्नुपर्नेमा जिम्मेवार निकायहरूबाट त्यसको सोधखोज नगरिएको र प्रदूषित नदीको कारण थुप्रै जना रोगी हुनुका साथै अकालमा मृत्यु भइरहेको भन्दै डा। सिन्हाले रक्सौलमा यसविरुद्ध अभियान नै चलाएका छन् ।

उनले पछिल्लो समयमा वीरगञ्ज महानगरपालिकाले शंराचार्यद्वार र मितेरीपुलमा महानगरको फोहर भण्डारण गरेको विषयमा पनि स्थानीय निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तैपनि श्रीसिया नदीको सन्दर्भमा वीरगञ्ज महानगरपालिका र सम्बन्धित निकाय मौन छन् ।प्रत्येक वर्ष छठको बेलामा मात्र श्रीसिया नदीको प्रदूषणविरुद्ध स्थानीय प्रशासनले उद्योगहरूलाई कडाइ गर्ने र सो अवधिमा मात्र उद्योगको प्रदूषित पानी श्रीसिया नदीमा बगाउने गरिँदैन ।

त्यस उप्रान्त प्रशासन मौन हुने र उद्योगीहरू लापरवाह हुने कार्यले निरन्तरता पाउँदै आएको कारण श्रीसिया नदी प्रदूषणमुक्त हुन सकेको छैन । मझौला सहर एकीकृत वातावरणीय सुधार योजनाअन्तर्गत वीरगञ्ज महानगरमा निर्मित ढलमध्ये शौचालयबाट बग्ने पानीको लागि छपकैयामा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरी पानीको उपचारपछि श्रीसिया नदीमा बगाउने गरिन्छ । सोबाहेक महानगरबाट बग्ने नालाको पानी भने सिधै श्रीसियामा बगाइन्छ । सौर्य दैनिकबाट