१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

उपत्यकाको सडक सुधारिँदै, यसै महिनाभित्र काम सक्ने

उपत्यकाको सडक सुधारिँदै, यसै महिनाभित्र काम सक्ने
अ अ+ अ-

काठमाडौँ । तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएकै होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो । प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए ।

अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले स्पष्ट पारे।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार महिनामा काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न भनेका थिए । निर्देशनबमोजिम सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सो ‘टास्क फोर्स’ गठन गरिएको हो ।
सडकको खाल्डाखुल्डी पुरिनुका साथै सडक व्यवस्थापनको कामलाई तीव्रताका साथ अगाडि बढाइएको थपलियाको भनाइ छ ।

उनले माघ मसान्तसम्म सङ्घीय सडकअन्तर्गत पर्ने उपत्यकाका सबै सडकमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न हुने जानकारी दिए । “माघभित्र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भए पनि त्यसपछि पनि यो प्रक्रिया निरन्तर चलिरहन्छ, अबका दिनमा खाल्डाखुल्डी पुर्ने काम निरन्तर प्रक्रियाका रूपमा अगाडि बढ्छ,” उनले थप्दै भने, “उपत्यकाका सडकमा अहिले दिनभरि खाल्डाखुल्डी पुरिने, ‘ओभर लेयर’ गर्ने र बेलुका सडक रङरोगन गर्ने काम भइरहेको छ ।”

सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका ९३ वटा सडक (४०७ किलोमिटर), सडक डिभिजन कार्यालय, ललितपुरमा ३८ वटा सडक (१८९ किलोमिटर) र सडक डिभिजन कार्यालय, भक्तपुरमा १९ वटा सडक (१२२ किलोमिटर) सडक रहेका छन् । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले काठमाडौँ उपत्यकामा सडक विभागअन्तर्गत रहेका सडकको खाल्डाखुल्डी पुर्ने काम यस महिनाभित्र सम्पन्न हुने गरी काम भइरहेको बताए ।

खानेपानीको पाइप लिकेज भएको र विभिन्न कारणले खन्नेबाहेकका ठाउँमा खाल्डाखुल्डी पुरिसक्ने उनले स्पष्ट पारे । उनका अनुसार उपत्यकाका सडकको करिब ७० प्रतिशत खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको छ । अहिले दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

‘टास्क फोर्स’मा खानेपानी मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका उपमहानिर्देशक, काठमाडौँ उपत्यका विकास प्राधिकरण, वातावरण विभाग, सहरी पूर्वाधार विकास विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि ‘टास्क फोर्स’का सदस्य रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख यसका सदस्य सचिव रहेका छन् । गोरखापत्र दैनिकबाट