१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ

अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ
अ अ+ अ-

दमौली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ संकल्पका साथ लागिपरेको बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले बुधबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताइन् ।जमिनको अतिक्रमण व्यापकरूपमा बढिरहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारले प्रयत्न गरिरहेको मन्त्री अर्यालले बताइन् ।

‘जमिनको अतिक्रमण रोक्न सरकार तीव्र रूपमा लागिपरेको छ, जमिन अतिक्रमण गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउँछौँ’, उनले भनिन्, ‘अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार लागेको छ ।’ उनले दूषित दर्तालाई बदर गर्ने अभियानमा सरकार अगाडि बढेको बताउँदै जमिन अतिक्रमण गर्नेविरुद्ध जनताले सरकारलाई सूचना दिनुपर्नेमा उल्लेख गरिन् । मन्त्री अर्यालले लामो समयदेखि अव्यवस्थित रूपमा बसोवास गर्दै आएका पीडित जनतालाई सरकारले न्याय दिने उल्लेख गर्दै पीडितका नाममा सरकारी जग्गा व्यक्तिको नाममा गराउनेलाई सरकारले नछाड्ने चेतावनी दिइन् ।

dGqL cof{n ;fd”lxs t:jL/df bdf}nL, * df3 Mtgx’Fsf] Jof; gu/kflnsf–# l:yt Jof; art tyf C0f ;xsf/L ;+:yfsf] a’waf/ cfof]lht !#cf}F :yfkgf lbj; Pj+ gjlgld{t ejg pb\3f6g ;df/f]xsf] cj;/df ;Ddflgt ePsf JolQmx? ;fd”lxs t:jL/ lvrfpFb} . ;fydf e”ld Joj:yf, ;xsf/L tyf u/LaL lgjf/0fdGqL kb\dfs’df/L cof{n, ;f+;b s]bf/ l;Ub]n, s[i0fs’df/ >]i7 nufot . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

भूमि व्यवस्थापन ठीक ढंगले गर्न यससँग जोडिएका कानुन निर्माण गरिएको उनले जानकारी गराइन् । संसद्मा दर्ता भएको भूमि व्यवस्थापन विधेयक सभामुख चयन हुन नसक्दा प्रमाणित हुन नसकेको र त्यसले कानुनी मान्यता पाउन नसकेको उनले बताइन् । यही १२ माघमा सभामुख चयन भएपछि भूमि व्यवस्थापन विधेयक प्रमाणित हुने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने काम सुरु हुने मन्त्री अर्यालको भनाइ थियो । गत असोजदेखि आगामी एक वर्षको अवधिमा एक लाख अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने गरी कार्ययोजना बनाइएको मन्त्रीले बताइन् ।

‘वर्तमान सरकारले पनि भूमि व्यवस्थापन गर्न नसके भविष्यमा निर्माण हुने सरकारले भूमि व्यवस्थापन गर्ला कि नगर्ला भन्ने सर्वसाधारणमा चिन्ता व्यापक छ’, उनले भनिन्, ‘त्यसतर्फ सरकार सचेत छ ।’ मन्त्री अर्यालले मुलुकमा २७ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेकाले सिंगो जमिनलाई उत्पादनमूलक बनाउनु मुख्य चुनौतीका रूपमा रहेको बताइन् । अधिकतम जमिनलाई उत्पादनमूलक बनाउन सरकारले भूउपयोग नीति बनाएको बताउँदै उनले भनिन्, ‘सर्वसाधारणलाई जमिन उत्पादनमूलक काममा प्रयोग गर्न उत्प्रेरित गरिनेछ, सर्वसाधारणले उत्पादनमूलक काममा जमिन प्रयोग गर्न नसके सरकारले भूमि बैंक बनाउने र भूमि बैंकले जमिनलाई उत्पादनसँग जोड्ने काम गर्नेछ ।’

सो अवसरमा नेकपाका शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले नगरपालिकाभित्र धेरै अव्यवस्थित बसोवास रहेकाले त्यसलाई समाधान गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको बताइन् । उनले अव्यवस्थित जग्गा व्यवस्थापनका लागि धेरैपटक आयोग बनेपछि पुर्जा पाउन नसकिएको बताइन् । सौर्य दैनिकबाट