३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको दुई गोलमा बार्सिलोनाको शानदार जित



अ+ अ-

कोपा डेल रे फुटबलमा इबिजालाई हराएर बार्सिलोनाले जित हात पारेको छ । एन्टोनी ग्रिजम्यानको दुई गोलको सहयोगमा बार्सिलोनाले जित आत्मासाथ गरेको हो । बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराएको हो ।

पछिल्ला पाँच सिजनमा चार पटक उपाधिमा कब्जा जमाएको बार्साले ३२ पटक प्रतियोगिताको उपाधि जितेको छ । लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदानमा उत्रिएका थिए ।

जाभी पेरेजले खेलको नवौ मिनेटमा गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए । यसैबिच बार्सा स्टार ग्रिजम्यानले खेलको ७२ औ मिनेटमा गोल फर्काउदै बराबरी बनाएका थिए । ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताउन आखिर सफल भए ।