३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको दुई गोलमा बार्सिलोनाको शानदार जित



अ+ अ-

कोपा डेल रे फुटबलमा इबिजालाई हराएर बार्सिलोनाले जित हात पारेको छ । एन्टोनी ग्रिजम्यानको दुई गोलको सहयोगमा बार्सिलोनाले जित आत्मासाथ गरेको हो । बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराएको हो ।

पछिल्ला पाँच सिजनमा चार पटक उपाधिमा कब्जा जमाएको बार्साले ३२ पटक प्रतियोगिताको उपाधि जितेको छ । लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदानमा उत्रिएका थिए ।

जाभी पेरेजले खेलको नवौ मिनेटमा गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए । यसैबिच बार्सा स्टार ग्रिजम्यानले खेलको ७२ औ मिनेटमा गोल फर्काउदै बराबरी बनाएका थिए । ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताउन आखिर सफल भए ।