७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई जित दिलाउन बेलको गोल



अ+ अ-

रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब युनियनइस्टासलाई रियलले ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै रियल अन्तिम १६ मा पुगेको हो ।

युनियनइस्टासको मैदानमा भएको खेलमा, खेलको १८ औं मिनेटमा ग्यारेथ बेलले गरेको पहिलो गोलले रियललाई अग्रता दिलाएको थिए । तर अल्भारो रोमेरोले ५७ औं मिनेटमा गोल गर्दै पुनः घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काउन सफल रह्यो ।

खेलको ६२ औं मिनेटमा घरेलु टोलीका जुवान गोङ्गोराले आत्मघाती गोल गर्दा रियल २–१ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई ३१ को जित दिलाए ।