१० असार २०८३, बुधबार
,
Latest
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालिन माओवादी केन्द्रबाट विजयी उपमेयर अमेरिकामै लुकिन्



अ+ अ-

काठमाडौं । अमेरिका भ्रमणमा गएकी उपमेयर उतै हराएकी छन् । कालीकोटको तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिकामै लुकेर बसेकी हुन् ।

गत कात्तिकमा नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन अमेरिका गएकी नेपालीले अहिलेसम्म कुनै जानकारी नगराएको मेयर रत्नबहादुर शाहीले बताए ।। “नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझेको छु । उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो । त्यसपछि उहाँ फर्कनुभएको छैन,” उनले भने ।

अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ । अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ ।

“उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको हो, त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न,” शाहीले भने ।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी नेपाली १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् ।