५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए



अ+ अ-

हुम्ला: हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।

दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कार्यालयका कर्मचारीले सिमकोट विमानस्थलमा रहेको हिउँ सफा गर्ने कार्य तीव्र बनाएका छन् । दक्षिणी भेगतिर पानी आएर आवतजावत बन्द भएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरुले हिमपात हुँदाहुँदै पनि गाउँ –गाउँमा प्रचारप्रसार गर्ने कार्य भइरहेको बताएका छन् । हिमपात भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । हिमपातले गर्दा मङ्सिरमा लगाएका जौँ, गहुँ, उवा समेतका बालीलाई राम्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।रासस