४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

सहिद सप्ताहः गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

सहिद सप्ताहः गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा
अ+ अ-

काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह आयोजक समितिले सभा आयोजना गरेको हो । सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग विर्सनु नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण हुने सपना देखेर प्राणको आहुती दिएका सहिदहरुको योगदानबाट प्राप्त अधिकार जोगाउन असल नागरिक हुन जरुरी छ ।’ उहाँले विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनका सहिदहरुले दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

यस्तै, स्मृति मन्तव्य राख्दै वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले भन्नुभयो, ‘अहिले सरीर त्याग गर्नु पर्ने अवस्था छैन । काम गर्दा नागरिकको हितलाई केन्द्रमा राखे मात्र पुग्छ ।’ त्यस क्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, क्रुर यातनापछि पुस्ताको स्वतन्त्रताको आशा राखेर प्राण आहुति गर्ने सहिदहरुको सपनामा घात गर्नु नहुने बताउनुभयो ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत, कायल गराएर प्राणदण्ड नदिन शासकहरुले एकअर्काले देख्ने गरेर घुँडाभन्दा तल गोली हानेका थिए । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएपछि उहाँहरुलाई ज्यान जाने गरी गोली ठोकिएको थियो ।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो ।

चन्द मनको दयालु तर आँटिलो हुनुहुन्थ्यो । नेपाल प्रजा परिषदको नाम उहाँले नै प्रस्ताव गर्नुभएको थियो । चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित हुनुहुन्थ्यो । प्राणदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, ‘हजुरका अरु पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् ।’

श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो । त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराउनुभयो ।

महानगरपालिकाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक राखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उहाँहरुले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चीरस्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले सदाहत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको हो ।

यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

सहिद दिवसको अन्तिम दिन भोलि बिहान ०८ बजे शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । ९ बजे सहिद स्मारक लैनचौर स्मृति सभा हुनेछ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु आउने कार्यक्रम छ । भोलि नै वडा नं. २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।