४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
अ+ अ-

वालिङ । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो ।

सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले राससलाई जानकारी दिनुभयो । स्याङ्जाका एकसय ९९ मतदानस्थलमध्ये सामान्य ७२ वटा, संवेदनशील ७१ वटा र अति संवेदनशील ५६ वटा रहेका छन् ।“सडक तथा यातायातको पहुँच, सुरक्षा अवस्था, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, विगतको निर्वाचनमा भएका गतिविधिलाई आधार मानेर मतदानस्थलको बैठकबाट सूची तयार भएको हो” उहाँले भन्नुभयो, “मतदानस्थलको संवेदनशीलताका आधारमा सुरक्षा योजना बनाइने छ ।”

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुई वटै क्षेत्रका विभिन्न राजनीतिक दल, सम्बद्ध उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रतिबद्धता जनाएका उहाँले बताउनुभयो । मतदानस्थलको संवेदनशीलताका आधारमा आवश्यक सुरक्षा योजना बनाउनका लागि जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समितिसहित निर्वाचन अधिकृतको संयुक्त टोलीले जिल्लाका मतदानस्थलको स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एकसय ९९ मतदानस्थल रहेका छन् । जिल्लामा तीन सय २२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनमा एकसय ९९ मतदानस्थल रहेको थियो, भने मतदान केन्द्र तीनसय २० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालय।स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।

विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।स्याङ्जामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।