१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
अ अ+ अ-

सुनसरी। धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित् रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।

यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर र युकेबाट पर्यटकहरू गल्फ खेल्न धरान आउने गरेका छन् ।

“धरान गल्फ क्लबमा ८० जना सदस्य छौँ । हाल दैनिक एक सयभन्दा बढी खेलाडी विभिन्न स्थानबाट गल्फ खेल्न आउने गरेका छन् । सन् १९६२ मा स्थापना भएको यो गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न पनि महत्त्वपूर्ण योगदान दिँदै आएको छ”, अध्यक्ष राईले बताउनुभयो ।

सुनसरी गल्फ सङ्घका अध्यक्ष तथा सिङ्गल ह्यान्डिक्याप खेलाडी जितेन्द्र राईले विगतमा गल्फबारे जानकारीको अभावका कारण खेलाडीको सङ्ख्या कम रहे पनि पछिल्लो समय आकर्षण बढ्दै गएको बताउनुभयो । “गल्फ खेल्न सजिलो छैन, सिक्न समय लाग्छ, तर यो ‘जिरो इन्जुरी’ खेल भएकाले अहिले धेरैको चासो बढेको छ”,उहाँले भन्नुभयो, “मैले स्वास्थ्यका लागि सुरु गरेको यो खेल हाल जीवनको हिस्सा बनेको छ ।”

अध्यक्ष राईका अनुसार धरान गल्फ कोर्स नेपालमै उत्कृष्ट खेलाडी उत्पादन गर्ने अग्रणी संस्था बन्दै गएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय गल्फ खेल खेलाडीहरूका लागि आयआर्जनको माध्यमका रूपमा विकास हुँदै गएको छ । मैले पनि धेरै टुर्नामेन्टमा भाग लिएर सम्भावना छ भनेर उदाहरण पेस गरिरहेको छु । अरु पनि त्यो बाटोमा अगाडि बढिरहनुभएको छ ।”

धरानमा ब्रिटिस क्याम्प स्थापना भएपछि सन् १९६२ मा क्याम्प परिसरमै १८ होलको गल्फ कोर्स निर्माण गरिएको थियो । धरान ‘लाहुरेको सहर’ भनेर पनि चिनिन्छ । ब्रिटिस संस्था ‘नोफिल गिफ्ट’ ले स्थापना गरेको यो गल्फ कोर्स सन् १९६२ मा ब्रिटिस लाहुरेलाई हस्तान्तरण गरिएको गल्फ क्लबका सदस्य राजु राईले बताउनुभयो । “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स विस्थापित भएको थियो । पछि स्थानीयको बढ्दो चासो र सहयोगका कारण नयाँ सदस्य बनाएर पुनः सञ्चालनमा ल्याइएको हो”, उहाँले भन्नुभयो ।

नेपालमा गल्फ कोर्स सीमित छन् । पूर्वी नेपालमा धरानमै मात्र रहेको यो गल्फ कोर्सलाई ‘पूर्वको गहना’ का रूपमा लिइन्छ । यहाँ न्यूनतम शुल्कमा गल्फ खेलाइँदै आएको बताउँदै राईले गल्फको विकासका लागि सरकारले ध्यान आवश्यक रहेको बताउनुभयो ।

गल्फ खेल शान्त रूपमा खेलिने भएकाले यसलाई ‘माइन्ड गेम’ समेत भनिन्छ । खेलाडीका अनुसार यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । ढाड दुख्ने, जोर्नी तथा नसासम्बन्धी समस्या भएका व्यक्तिका लागि यो खेल लाभदायी मानिन्छ । गल्फ खेल्न उमेरको हदबन्दी नहुने भएकाले सबै उमेर समूहका लागि उपयोगी हुने खेलाडीको भनाइ छ ।

विसं २०७८ फागुनमा धरान गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माणपछि व्यवस्थापनमा सहयोग पुगेको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको संरचनाले व्यवस्थापनमा ठूलो टेवा पुगेको सुनसरी गल्फ सङ्घका अध्यक्ष राईले बताउनुभयो ।

हाल धरान गल्फ कोर्समा महिनामा आधा दर्जनभन्दा बढी प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । यही माघ १६ र १७ गते कोशी प्रदेश गल्फ सङ्घ र चिभास रिगलबीचको सहकार्यमा ‘चिभास रिगल इस्टर्न गल्फ टुर्नामेन्ट’ आयोजना हुने भएको छ । सो प्रतियोगितामा देशभरका ९० भन्दा बढी ‘एमेच्योर गल्फर’को सहभागिता रहने जनाइएको छ । रासस