१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन : मतदान स्थलमा जे देखियो…..(फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि देशका सातै प्रदेशमा अहिले मतदान भइरहेको छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिनुभएको छ ।

बिहान बजेदेखि नै मतदान केन्द्रमा पुगेर मतदाता लाइनमा बसेका हुन् । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।
हेरौ मतदान स्थलमा जे देखियो…

राष्ट्रियसभा निर्वाचनअन्तर्गत पोखरामा बिहीबार मतदान गर्दै स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँण ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत पोखरामा बिहीबार मतदान केन्द्रमा पुग्नु भएका राष्ट्रियसभा सदस्य उम्मेदवार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग भलाकुसारी गर्दै ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुख ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य विनोद केसी ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारु ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा ।
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ ।
राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ।