१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
अ अ+ अ-

गण्डकी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ ।

जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा वैकल्पिक सूचीमा रहेका निर्वाचन प्रहरीलाई स्याङ्जामा खटाउने तयारी भइरेहको छ । सुरुमा दरखास्त कम परेपछि दुईपटकसम्म म्याद थप गरेर निर्वाचन प्रहरीको छनोट गरिएको छ ।

निर्वाचन प्रहरीमा नियुक्ति तथा तालिमका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरूलाई सूचित गरिएको छ ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि योग्य हुने व्यवस्था छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम दिइने समितिका सदस्यसचिव बरालले बताउनुभयो ।

निर्वाचन प्रहरीको कार्यअवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी नियुक्त गर्नेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन प्रहरीबाहेक तीनवटै सुरक्षा निकायका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालित हुने जनाइएको छ । विभिन्न दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् । रासस