१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल
अ अ+ अ-

ललितपुर। मुख्यसचिव सुमनराज अर्यालले मुलुकको सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व गर्ने व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज  जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा ‘सुशासनको मार्गचित्र’ तयार गर्न आयोजित कार्यशालालाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सेवा प्रवाह समयमा नहुँदा मानिसले ज्यानै गुमाउनु परिरहेको अवस्थाको उदाहरण दिँदै सामान्य कुरामा सुधार गरेर पनि सुशासन कायम गर्न सकिने बताउनुभयो ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पुडासैनीले विकासको गति र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सुशासन कायम गर्न समस्या स्वीकार गरेर सुधार गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारका सबै सचिव र काठमाडौँ उपत्यकामा रहेका सहसचिवको सहभागितामा रहेको सो कार्यक्रममा सेवा प्रवाहमा गर्नुपर्ने सुधार, कर्मचारीले सुधार गर्नुपर्ने आचरण र झञ्झट निवारणका लागि गर्न सकिने प्रयासका बारेमा समूहगत रुपमा छलफल गरी विषयगत मन्त्रालय र कार्यालयले गर्नुपर्ने सुधारको निष्कर्ष निकालिएको थियोे ।रासस