१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार
अ अ+ अ-

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।

मुख्य राजनीतिक दलहरूले निर्वाचन परिचालन समिति गठन गरी घरदैलो अभियानलाई जोड दिएका हुन् । उम्मेदवारहरु घरदैलो अभियानमा भ्याइनभ्याइ छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनाव लक्षित एक हजार ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी परिचालन गरेको छ । नेकपाबाट यस क्षेत्रमा माधवप्रसाद पन्त उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, नेपाली कांग्रेसले पनि चुनावी तयारीका लागि विभिन्न समिति गठन गरी प्रचारप्रसारलाई तीव्रता दिएको छ । १५१ सदस्यीय प्रचारप्रसार समिति र क्षेत्रीय सहसचिव रमेशप्रसाद भट्टको संयोजकत्वमा नौ सदस्यीय सचिवालय समिति गठन गरी प्रचारप्रसार अगाडि बढाएको छ ।

कांग्रेसका तर्फबाट पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउद उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानअन्तर्गत प्रदेशसभा (क) र (ख) मा अनुगमन समितिसमेत गठन गरी वडा तहसम्म परिचालन गरिएको पार्टीका क्षेत्रीय सभापति सिंहले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो प्रचारलाई गति दिएको छ । सो पार्टीका उम्मेदवार दीपकराज बोहराले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि आफ्ना उम्मेदवार बचनबहादुर सिंहको पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार अगाडि बढाएको छ । एमालेका कार्यकर्ता यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीर्थराज चटौत उम्मेदवार रहनुभएको छ । पार्टीको चुनावी प्रचारप्रसार समितिका सदस्य ललितबहादुर हमालले मतदाताको घर दैलोमा पुगेर मत मागिरहेको बताउनुभयो । “पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरी दोस्रो चरणमा सबै मतदाताको घरदैलोमा पुगेर पार्टीको दृष्टिकोणबारे जानकारी दिन्छौँ”, उहाँले भन्नुभयो ।

जनमत पार्टीका उम्मेदवार रामचन्द्र भट्टले चुनावी प्रतिबद्धतापत्रसहित उम्मेदवारको घर दैलोमा पुगेर मत मागिरहेको बताउनुभयो । उहाँको प्रतिबद्धतापत्रमा शुक्लाफाँटा आरक्ष पीडितको स्थायी समाधान, सुकुम्बासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको छ ।

जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा  कूल १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये चारजना स्वतन्त्र छन् ।यस निर्वाचन क्षेत्रमा एक लाख नौ हजार ५७४ मतदाता छन् । रासस