६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

निगमको अन्तर्राष्ट्रिय उडानका २५ पाइलटद्वारा राजीनामा, क–कसले दिए राजीनामा ?

निगमको अन्तर्राष्ट्रिय उडानका २५ पाइलटद्वारा राजीनामा, क–कसले दिए राजीनामा ?
अ+ अ-

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् । राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ । ‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने ।

व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दुस्खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए । तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएको एयरबस ३३० जहाजका क्याप्टेन श्रवण रिजालले बताए । निगम व्यवस्थापन सुधार हुनुपर्ने, साथै विदेशी पाइलट र नेपाली पाइलटको विभेद अन्त्य हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको रिजालले बताए ।

‘व्यवस्थापनसँग पटक–पटक यी विषय राखे पनि सुनुवाइ नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएका हौँ,’ रिजालले भने, ‘नियमित प्रक्रियाअनुसार जाने हो भने एक महिनाअगाडि राजीनामा दिनुपर्ने नियम छ । तर, हामीले आन्दोलनस्वरूप तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हौँ,’ रिजालले भने । निगमले विदेशी पाइलटलाई मासिक २३ लाख पारिश्रमिक दिने गरे पनि नेपाली क्याप्टेनलाई भने कम तलब दिने गरेको छ । ‘नेपालीलाई पनि २३ लाख नै तलब दिनुपर्‍यो भन्ने हाम्रो माग होइन, नेपाली क्याप्टेन नै तयारी गरी विदेशीमाथि हुने फजुल खर्च रोक्नुपर्‍यो भन्ने हो,’ रिजालले भने ।

खरेलको राजीनामा स्वीकृत:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले आइतबार दिएको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री भट्टराईले खरेलको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई नियुक्त गरेका हुन् ।

नेपाली र विदेशी पाइलटमा विभेद: एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडीका लागि १६ जना क्याप्टेन भए पुग्छ । तर, अहिले १३ जना विदेशी पाइलट भर्ना गरिएको छ । निगमसँग अहिले नेपाली तीनजना क्याप्टेन र ११ जना को–पाइलट छन् । यी को–पाइलटमध्ये चारजनालाई आठ हजार डलर खर्च गरेर एक हप्ताको तालिम दिएमा तत्काल क्याप्टेनको जिम्मेवारी दिन सकिन्छ । त्यस्तै, दुई थान ३२० न्यारोबडी सिरिजका जहाजमा २१ जना नेपाली क्याप्टेन छन् । यसका लागि १४ जना क्याप्टेन भए पुग्छ ।

त्यहाँबाट पनि सातजना नेपाली क्याप्टेनलाई एक साताको तालिम दिएमा वाइडबडी उडाउन सक्छन् । तर, खर्च कटौतीको सामान्य उपाय हुँदा पनि निगम व्यवस्थापनले भने धमाधम विदेशी पाइलट भर्ना गरेको छ । निगमले समयमै तालिम दिएको भए एक वर्षअघि नै ३३० जहाजका लागि १५ जना नेपाली क्याप्टेन तयार भइसक्थे । विदेशी पाइलटको करसमेत निगमले आफैँ तिर्ने गरेको छ । तर, नेपाली पाइलटको भने स्वयं पाइलटले नै तिर्ने गरेका छन् । तलब मात्रै नभएर करमा समेत व्यवस्थापनले विभेद गरेको क्याप्टेन श्रवण रिजाल बताउँछन् । नेपाली क्याप्टेनले एक महिनामा ७५ घन्टा उडान गरेबापत दुई लाख ५० हजार पाउँछन् ।

त्यस्तै, सय घन्टासम्म उडान गरेबापत तीन लाख २० हजार रुपैयाँ पाउँछन् । तर, विदेशी पाइलटले भने ६ हप्ता काम गर्दा आठ हप्ताको तलब पाउँछन् । त्यस्तै, मासिक ५० घन्टा उडान गर्ने विदेशी पाइलटले २३ लाख नेपाली रुपैयाँ पाउँछन् । एक वर्षअघि नै नेपाली क्याप्टेन तयार गरेको भए ११ जना विदेशी क्याप्टेनको आवश्यकता पर्दैनथ्यो । यसरी निगम व्यवस्थापनले कमिसनको लोभमा परेर विदेशीको तलब–सुविधाबाट मात्रै निगमलाई मासिक दुई करोड ५३ लाख घाटामा पारेको छ । निगमले एक वर्षमा विदेशी पाइलटबाट मात्रै ३० करोड २६ लाखभन्दा बढी खर्च गरेको छ ।

क–कसले दिए राजीनामा:राजीनामा दिनेमा एयरबस ३३० जहाजका नेपाली क्याप्टेन श्रवण रिजाल, समाज श्रेष्ठ र महेश डंगोल छन् । त्यस्तै, सोही जहाजका ११ को–पाइलटमध्ये १० जनाले राजीनामा दिएका छन् । एयरबस ३२० का १६ क्याप्टेनमध्ये १२ जनाले राजीनामा दिएका छन् । सोही जहाजका नौजना को–पाइलटमध्ये तीनजनाले राजीनामा दिएका छन् ।

राजीनामा दिने पाइलटमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराईले सामूहिक राजीनामा बुझाएका छन् । नयाँ पत्रिका दैनिकबाट