३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनिसासंग एट्लेटिको मड्रिड स्तब्ध



अ+ अ-

एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलमा तेस्रो श्रेणीको क्लबसंग पराजित भएको छ । अन्तिम १६ का लागि भएको खेलमा एट्लेटिकोले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको हो । शुक्रबार राति भएको खेलमा एट्लेटिको तेस्रो श्रेणीको क्लब कल्चरल लियोनिसासंग २–१ ले पराजित बन्यो ।सर्जियो बेनिटोले अतिरिक्त समयमा गरेको भली गोल एट्लेटिकोलाई स्तब्धपूर्ण नतिजा देखाउन पर्याप्त रह्यो ।

खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । जुलन केस्टानेडाले ८३ औ मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । सन् २०११ पछि पहिलो पटक एट्लेटिको तल्लो श्रेणीको क्लबसंग हारेको हो ।

एट्लेटिकोले लगातार तीन खेलमा हार ब्यहोरेको छ । शनिबार लिगको खेलमा एट्लेटिको ईबरसंग हारेको थियो । त्यस्तै स्पेनिस सुपर कपको फाईनलमा गत शनिबार रियल मड्रिडसंग एट्लेटिको पराजित भएको थियो ।