७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनिसासंग एट्लेटिको मड्रिड स्तब्ध



अ+ अ-

एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलमा तेस्रो श्रेणीको क्लबसंग पराजित भएको छ । अन्तिम १६ का लागि भएको खेलमा एट्लेटिकोले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको हो । शुक्रबार राति भएको खेलमा एट्लेटिको तेस्रो श्रेणीको क्लब कल्चरल लियोनिसासंग २–१ ले पराजित बन्यो ।सर्जियो बेनिटोले अतिरिक्त समयमा गरेको भली गोल एट्लेटिकोलाई स्तब्धपूर्ण नतिजा देखाउन पर्याप्त रह्यो ।

खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । जुलन केस्टानेडाले ८३ औ मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । सन् २०११ पछि पहिलो पटक एट्लेटिको तल्लो श्रेणीको क्लबसंग हारेको हो ।

एट्लेटिकोले लगातार तीन खेलमा हार ब्यहोरेको छ । शनिबार लिगको खेलमा एट्लेटिको ईबरसंग हारेको थियो । त्यस्तै स्पेनिस सुपर कपको फाईनलमा गत शनिबार रियल मड्रिडसंग एट्लेटिको पराजित भएको थियो ।