१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका



अ+ अ-

लहान । लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ । साक्षर नेपाल वर्ष घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले फागुन १ गतेदेखि वडामा साक्षर कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । साक्षर कक्षामा नगरक्षेत्र भित्र रहेका विद्यालयका शिक्षकलाई खटाइने योजना रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिए ।

निरक्षरलाई अक्षर वा लिपी चिन्न, लेखपढ गर्न र गणना गर्न सक्ने बनाउनु सो साक्षरता कक्षाको ध्येय रहेको जनाइएको छ ।कक्षामा सञ्चालन गर्न लहान नगरपालिका प्रमुख मुनी साहको संयोजकत्वमा साक्षरता अभियान समिति गठन गरिएको छ ।