१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन



अ+ अ-

सिरहा। सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सहभागी रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झालाई केही समयका लागि बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेका छौँ ।”

गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो । सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो ।  परिवारले आइतबार नै शवको अन्त्येष्टि गरिसकेका छन् ।

सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुलेको हो । रासस