१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सबै वडाका विवाद वडामै



अ+ अ-

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ”, कानून शाखा प्रमुख पौडेलले भन्नुभयो, “४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।

वडास्तरमा मेलमिलापकर्ताले विवाद समाधानका लागि पहल गर्ने र उक्त विवाद समाधान हुन नसकेमा न्यायिक समितिमा आउने कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । न्यायिक समितिले वादी प्रतिवादीलाई मेलमिलाप गराउने पहल गर्ने र मेलमिलाप हुन नसकेमा स्याङ्जा जिल्ला अदालतमा सिफारिस गर्ने शाखा प्रमुख पौडेलको भनाइ थियो ।

वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचिकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्नसक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफैँ सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो ।

मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था मिलाइएको कानून शाखा प्रमुख पौडेलले बताउनुभयो । वालिङ नगरपालिकामा हाल ११६ जना सूचिकर्ता मेलमिलापकर्ता छन् । वडाभित्रको विवाद वडाबाटै मिलाउने भएपछि भने नगरवासीले न्याय सम्पादनमा सहजता भएको महसुस गरेका छन् । वालिङ नगरपालिकाले अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा कार्यक्रम अगाडि बढाउँदै आएको छ ।