३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
अ+ अ-

गलकोट । यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ ।

यसअघि नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आकर्षक हिमशृङ्खला र बागलुङ बजारको दृश्य देखिने यस स्थानलाई पर्यटकीय ‘हब’ बनाउन नगरपालिकाले ब्लु हिल नामकरण गरेको हो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको थियो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा उल्लेख छ । गत वर्ष पहिलो चरणमा रु ७० लाख र चालु आर्थिक वर्षमा दोस्रो चरणमा बाँकी काम भइरहेको छ । हाल २० फिटको शिवको मूर्ति राख्न आवश्यक दुई तला पक्की भवन निर्माण भइरहेको छ ।

डोय भन्ने सो स्थानलाई ब्लु हिलका रुपमा परिणत गर्न नगरपालिकाले सबैभन्दा बढी बजेट एकै ठाउँमा लगानी गरेको छ । यस वर्ष विभिन्न संरचना निर्माण गर्न क्वालिसट रिन्युयबल इनर्जी नामक कम्पनीले जिम्मा लिएर काम गरिरहेको छ ।

डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेर नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिका–९ तित्याङका वडाअध्यक्ष राजु थापाले जानकारी दिनुभयो । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधारहरु पछि बन्छन्,” वडाअध्यक्ष थापाले भन्नुभयो, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले समेत प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस स्थानमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिकाकै उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न आन्तरिक बजेटबाट लगानी गरिरहेको जानकारी दिनुभयो ।

समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको ब्लु हिलले पछिल्लो समय नयाँ गन्तत्वयको रुपमा चर्चा पाउन थालेको छ । रासस