१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदर आतङ्क रोक्न पहरा



अ+ अ-

रसुवा । खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेगका अधिकांश किसान रातदिन पहरा दिन थालेका छन् । स्थानीय समाजसेवी विष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले कलिला फल खान थालेपछि किसानले अह्रोरात्र पहरा दिन थालेका हुन् ।

आलु खान कम्तीमा २०० भन्दाबढीको सङ्ख्यामा बाँदरका हुल आउने र १०÷२० जनाले बाँदरलाई लखेट्न आँट नपुग्ने भएबाट अहिले त्यस क्षेत्रका सयौँ किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिइरहेका र पहरा दिँदा दिँदै पनि खेतीमा रहेका आधाभन्दा बढी बिरुवा नोक्सान भइसकेको किसान बताएका छन् ।

सयौ हेक्टरमा लागाइएका आलुको बिरूवाले उत्पादन दिन थालिसकेको र फल दिइरहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ । विगतका समयमा बाँदरले कुनै पनि चीज बिहान सूर्यदयोपछि खाने र सूर्यअस्तपछि खान बन्द गर्ने विषेशता थियो । पछिल्लो समयमा बाँदरको खाने बानीमा परिवर्तन आउँदा पछिल्लो पुस्तालाई अन्न तथा फलफूल जोगाइ खान समस्या पर्दै गएको बुढापाकाले बताएका छन् ।

रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको सङ्ख्या बढ्दै जाँदा कृषि उपज कसरी जोगाउने भन्ने विषयमा अध्ययन गराई बाँदर व्यवस्थापनको पहल कदमी चालिदिन सरकारसामु किसानले विनम्रतापूर्वक आग्रह गरिरहेका समाजसेवी देवकोटाले बताउनुभयो । बाँदरको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दाले बताएका छन् ।