१७ श्रावण २०८३, आईतवार
,
Latest
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ ।

नृत्यप्रधान गीत ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ÷मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्राफीमा जमेका नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँ नाचौँ’ बनाउँछ । म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देख्न सकिन्छ ।

अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् । ‘लगभग डेढ दशक कला क्षेत्रमा थकाई मारेर प्राध्यापन र पत्रकारितामा रमाउन र हराउन बाध्य थिएँ– प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो ।

तिनैमध्येको एक ‘जली’ र नृत्यप्रधान गीत हो,’ पोख्रेलले थपे, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।’

‘साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको हुनु, ‘म्युजिक इन्डस्ट्रीका एक से एक हस्तीले गायन र अभिनय गर्न स्वीकार्नु र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’ ले अपलोड गर्नु नै ‘इन्दिरा’को शक्तिशाली पाटो हो ।’ पोख्रेलले भने, ‘दुईजना पात्र भट्टराई र ‘इन्दिरा (चन्द्रमा÷स्मिता÷बबिता÷सरस्वती)’ बीचको भेटघाटपछि मिलनसम्मको कथालाई यस म्युजिक भिडियोमा समेटिएका छ ।’ गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशक नरेन्द्रराज भट्टराई हुन् ।