६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

खतरनाक कोरोना भाइरसले लियो ४१ जनाको ज्यान

खतरनाक कोरोना भाइरसले लियो ४१ जनाको ज्यान
अ+ अ-

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ४१ जनाको ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ ।

चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ । वुहानमा कोरोना संक्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् ।

नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ मा सार्स भाइरस संक्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो । ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् ।

यो भाइरस संक्रमण भएपछि सुरुमा ज्वरो आउने र लगातार सुक्खा खोकी लाग्ने हुन्छ । केही दिनमै स्वास फेर्न कठिन पार्छ । तर, यस्तो लक्षण नदेखिएका बिरामीमा पनि कोरोना भेटिने गरेको विज्ञहहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको खतराको स्तर यकिन गर्न अहिले चाँडै हुने जनाएको छ । चीनको वुहानमा गत महिना देखिएको कोरोना भाइरस अहिले अन्य १२ मुलुकमा पनि फैलिसकेको छ । नेपाल, दक्षिण कोरिया, जापान, ताइवान, भियतनाम, सिंगापुर, मलेसिया, थाइल्यान्ड, फ्रान्स, अस्ट्रेलिया र अमेरिकामा कोरोना संक्रमित भेटिएका छन् ।

फ्रान्समा वुहानको भ्रमण गरेर फर्किएका चिनियाँ मुलका ४८ वर्षीय पुरुषमा कोरोना देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पेरिसमा अर्का व्यक्तिमा पनि संक्रमण देखिएको छ । त्यस्तै, अस्ट्रेलियामा शनिबार पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको हो । ती व्यक्ति पनि चीनको भ्रमण सकेर फर्किएका थिए । उनको मेलवर्नमा उपचार भइरहेको छ ।

अमेरिकामा शुक्रबार सिकागो सहरका एक व्यक्तिमा कोरोना देखिएको थियो । सिंगापुरमा तीनजना संक्रमित छन् । थाइल्यान्डमा पाँच व्यक्ति संक्रमित छन् । त्यस्तै, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुईजनामा संक्रमण देखिएको छ । नेपाल र ताइवानमा एक–एकजनामा कोरोना पोजेटिभ देखिएको छ । नयाँ पत्रिका दैनिकबाट