२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व धावक केसी सम्मानित



अ+ अ-

काठमाडौं । कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।

फिलिपिन्सको मनिलामा १९७३ मा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा केसीले कांस्य जितेका थिए । पहिलो वार्षिक खेलकुद दिवसमा कखराले करातेका पर्शुराम बाँस्तोलालाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेका थिए ।