२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमा कुङफुको रेफ्री सेमिनार



अ+ अ-

नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार जोरपाटीस्थित शेर्पा प्यालेसमा सम्पन्न भएको छ । काठमाडौंमा फागुनमा हुने पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी सञ्चालन गरिएको सेमिनारमा १५ रेफ्रीको सहभागिता रहेको उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

सहभागीहरुमा श्याम डंगोल, कुसुम तामाङ, डोमा तामाङ, रवि महर्जन, सञ्जयराज पुटुवार, मओज विन्दुकार, कमल मगर, प्रदीप राउत, प्रतिमा राउत, सरिना घले, रिनामाया तामाङ, अभिशेष श्रेष्ठ, रविन श्रेष्ठ, पासाङ तामाङ र जीवन गुरुङ रहेका छन् ।

सहभागीलाई उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक लामाले व्यवहारिक र पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरले सैद्धान्तिक ज्ञान बारे जानकारी गराएका थिए । सहभागीलाई उमा कुङफु संघका उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भुपेन्द्र गुरुङ, सचिव रमेश महर्जन र सदस्य अशोक केसीले प्रमाण पत्र वितरण गरे ।