२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग पदक विजेता सम्मानित



अ+ अ-

काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) मा १ रजत र लनटेनिसमा २ कांस्य जितेका थिए । स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भुपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार पाए । रजत विजेता बास्केटबलका मनीष केसी २० हजार नगदबाट पुरस्कृत भए ।

कांस्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका दाजुभाइ संरक्षकभूषण वज्राचार्य र सम्यकलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । संरक्षक हाल अमेरिकामा रहेकाले उनको पुरस्कार उनका पिता सूर्यभूषणले ग्रहण गरे । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका नविनकुमार श्रेष्ठ र लनटेनिसकी रेणुदेवी कोण्डा वज्राचार्य रहेका छन् । दुवै आ–आफ्नो खेलका मुख्य प्रशिक्षक हुन् । नविनले ५१ हजार तथा रेणुले ११ हजार नगद पुरस्कार पाए ।

सोही अवसरमा दक्षिण कोरियाको मुजुमा भएको कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपका रजत विजेता रन्जित साउदलाई पनि २० हजार नगदसहित पुरस्कृत गरिएको थियो । कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, वडा ३२ का अध्यक्ष नवराज पराजुलीले खेलाडी र प्रशिक्षकलाई सम्मान गरे ।