२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वज्र फाइटमा डेनिका



अ+ अ-

थाइ बक्स सुकेधाराकी डेनिका राई वज्र फाइटको महिला ५१ केजीमा शनिबार विजेता बनेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतिस्पर्धामा डेनिकाले के कु कान करातेकी अञ्जना ढुंगेललाई पराजित गरिन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा केन्द्रीय डोजोका महेश भुजेलले सुकेधारा थाइ बक्सिङका सन्दिप तामाङ, ६१ केजीमा के कु कान करातेका भुपेन्द्र विसीले केन्द्रीय डोजोका ओमप्रकाश शाही र ७५ केजीमा रेज फिटनेसका सन्तोष खत्रीले थाइ बक्स सुकेधाराका फुर्डेनी शेर्पालाई हराउदै पहिलो भए ।

पुरुष ६८ केजीमा तीन समूहमा प्रतिस्पर्धा भएको थियो । त्यसमा रेजका ज्ञानदीप मल्ल, नक्साल बक्सिङ क्लबका मौसम राना मगर र के कु कान करातेका सन्तोष कालीराज विजेता बने । ज्ञानदीपले थाइ बक्सका सुनील गुरुङ, मौसमले आईएफकेकेका निरन देउला र सन्तोषले थाइ बक्सका छिरिङ तामालाई पाखा लगाए ।

विजेता र उपविजेता सबैलाई गरी कुल १ लाख नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले पुरस्कार वितरण गरे ।