३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तराष्ट्रिय हाप्कीडो सेमिनार सुरु



अ+ अ-

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तराष्ट्रिय हाप्कीडोे सेमिनार सुरु भएको छ । शनीबार कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारको प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । सो अवसरमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो पनि उद्घाटन समारोहमा उपस्थित थिए । यी चार जनासंगै सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् ।

समारोहमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोका मगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा परिष्दका पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापती मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्र्हरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तीनाथ बाहीनीका बाहीनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक कविन्द्र मान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिती थियो ।

उद्घाटन समारोहमा प्रमुख अतिथी पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तराष्ट्रिय सेमिनार आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको बताइन् । ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने वताए । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले सवैको सहयोगले नेपाली हाप्कीडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोस्ट्रेसन गरेका थिए । कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् । सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण हुने विश्वास लीएको आयोजक कमिटीले जनाएको छ ।