वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति शाल्के विरुद्ध भएको खेलमा वायर्नले ५ गोल सहितको फराकिलो जित आत्मसाथ गरेको हो । वायर्नको लागि रोबर्टो लेवान्डोस्की, थोमस मुलर, लिओन गोर्टेज्का, थियागो र गेन्ब्री सेर्गीले एक एक गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमै लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा मुलरले गोल गर्दा वायर्नको अग्रता दोब्बर बन्यो । ५० औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नको अग्रता ३-० को बनाए । ५८ औं मिनेटमा थियागोले वायर्नको अग्रता ५-० को बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सेर्गीले गोल गर्दा वायर्न ५-० ले विजयी भयो ।
जितलाई आत्मसाथ गर्दै वायर्न लिगको दोस्रो स्थानमा उक्लिन सफल समेत भएको छ । वायर्नले १२ खेलमा ३९ अंक जोडेको छ । वायर्न शीर्ष स्थानको आरबी लिपजिगभन्दा मात्र १ अंकले पछि रहेको छ । यता पराजित शाल्के ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।