३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायर्न म्युनिखको फराकिलो जित



अ+ अ-

वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति शाल्के विरुद्ध भएको खेलमा वायर्नले ५ गोल सहितको फराकिलो जित आत्मसाथ गरेको हो । वायर्नको लागि रोबर्टो लेवान्डोस्की, थोमस मुलर, लिओन गोर्टेज्का, थियागो र गेन्ब्री सेर्गीले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमै लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा मुलरले गोल गर्दा वायर्नको अग्रता दोब्बर बन्यो । ५० औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नको अग्रता ३-० को बनाए । ५८ औं मिनेटमा थियागोले वायर्नको अग्रता ५-० को बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सेर्गीले गोल गर्दा वायर्न ५-० ले विजयी भयो ।

जितलाई आत्मसाथ गर्दै वायर्न लिगको दोस्रो स्थानमा उक्लिन सफल समेत भएको छ । वायर्नले १२ खेलमा ३९ अंक जोडेको छ । वायर्न शीर्ष स्थानको आरबी लिपजिगभन्दा मात्र १ अंकले पछि रहेको छ । यता पराजित शाल्के ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।