५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म मधेश जाँदैछु, किनकी म देश जोड्न चाहन्छु: गगन थापा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४का उम्मेदवार गगनकुमार थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको बताउनु भएको छ । सर्लाही जानु अगाडी एक भिडिओ सन्देश जारी गर्दै थापाले भन्नुभएको छ ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’

सन्देशमा थापाले भन्नुभएको छ ‘मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तिव्र इच्छा भयो र आवश्यक पनि थियो,’ थापाले भन्नुभएको  छ , ‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्केको म सिंगो देशको हुनुपर्छ, त्यसका लागि मैले एक पटक मधेसको माटो ढोग्नुपर्छ, टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ, त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ।’

उहाँले भन्नुभएको छ ‘म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दैगर्दा काठमाडौं ४ लाई पनि म मन मुटुमा लिएर हिँड्न सक्छु । सर्लाहीबाट पनि म नयाँ अनुभव लिएर आउने छु,’– उनले भनेका छन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।