५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन पत्नी सविना झापामा घरदैलो गर्दै



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं रास्वपाका तर्फबाट प्रधानमन्त्री घोषणा गरिएका बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले झापा-५ मा घरदैलो अभियान गर्दै प्रचार अभियानमा सक्रिय हुनु भएको छ ।

आज बिहान झापा क्षेत्र नं ५ अन्तर्गत दमक नगरपालिका-९ मा रास्वपाले आयोजना गरेको मतदाता भेटघाट र घरदैलो कार्यक्रम सविना सहभागी हुनु भएको थियो । उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै फेरि उराव बस्तीमै पुगेको थियो।

बालेन्द्र आइतबार पश्चिमतिर जानु भएको छ भने उहाँकी पत्नी सविनाले झापामा घरदैलो सुरु गर्नुभएको छ । माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट उम्मेदवारी दिएर बालेना पूर्वी पहाडी जिल्लाको यात्रा गरेका गर्नुभएको थियो । बालेन आज  नेपालगञ्ज हुँदै बर्दिया जाने कार्यक्रम छ।

झापा-५ मा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार हुनुहुन्छ । देशकै ध्यान खिचेको यस चुनावमा कसले जित हात पार्छ भन्ने अझै यकिन हुन सकेको छैन ।