१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिए



अ+ अ-

डोटी । नेपाली सेना, रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिएका छन् । गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिए । कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण, भिडियो एक्सरे, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो ।

शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामीको रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा यमुना थापाले जानकारी दिए । आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउँदा खुशी भएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, “घरैमा निःशुल्क स्वास्थ्य सेवा पाएका छन्, यस्ता शिविर अन्य ग्रामीण बस्तीमा पनि विस्तार गर्नु जरुरी छ ।” बालरोग विशेषज्ञ डा ललित सुरी, फिजिसियन विशेषज्ञ डा उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा दुर्गा मर्हजन, प्राविधिक उपसेनानी डा बबिता सिलवाल र उपसेनानी डा थापाले सेवा प्रदान गरेका थिए ।