१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब विरामी बोक्ने एम्बुलेन्स प्रहरीले चेकजाँच गर्दा….



अ+ अ-

हेटौंडा । विरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद गरिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

शनिबार साँझ बजे प्रहरीले रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद, डुमरिया(४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ।

सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनायो।