१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका अधिकारहरु सरकारले संकुचन गर्नुहुदैन : खाँड



अ+ अ-

काठमाडौं । सांसद बालकृष्ण खाँडले मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथिको छलफलमा सांसद खाँडले मानवअधिकार कुनै सरकारी निकाय नभएकोले यसको अधिकार र स्वतन्त्रता हनन हुने काम कसैले गर्न नहुने बताउनुभयो । मानवअधिकार र आयोगले आफ्ना सीमाहरु हुने र उसले आफ्ना सीमाहरु पालना गर्नुपर्ने बताउनुहुँदै खाँडले गर्ने राज्यले मानवअधिकारका अधिकार संकुचन गर्न नहुनेतर्फ ध्यानाकर्षण पनि गराउनुभयो । आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको उहाँले बताउनुभयो । त्यसका लागि तीन वटै तहका सरकारले प्रतिवद्धता जनाउनुपर्ने खाँडको भनाई छ ।

अर्का सांसद पद्मनारायण चौधरीले स्थानीय तहहरुमा पर्याप्त मात्रामा बजेट भएपनि स्वास्थ्य क्षेत्रमा योगदान नगरेको गुनासो गर्नुभयो । स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा निश्चित बजेट छुट्याउनुपर्ने खर्च र गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरुले कसरी भ्रष्टाचार रोक्न सहयोग गर्न सक्छन् भन्नेतर्फ पनि सोच्न आवश्यक रहेको उहाँले बताउनुभएको छ । चिकित्सकहरुको नीजि स्वास्थ्य संस्थातर्फ किन आकर्षण बढिरहेको भन्ने कुरातर्फ ध्यान दिन पनि स्थानीय तहहरुलाई उहाँले आग्रह गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले संवैधानि आयोगहरु गठन हुन नसकेको प्रति ध्यानाकर्षण गराउनुभयो ।

समितिमा आइतबार मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना (आ.व. २०७६/२०७७-२०८०/०८१) को मस्यौदामाथि छलफल भएको हो । सोमबार आवश्यक थप छलफल गरी प्रधानमन्त्री समक्ष पेश गरिने समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो ।