१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड ‘इभेन्ट सिनेमा’ तर्फ



(FILES) This photograph taken on July 21, 2020 shows a wall mural with images of Bollywood actors under a road bridge in Mumbai. India’s Bollywood is moving decisively toward a cinema of scale and confrontation — where patriotism, spectacle, and ideological clarity increasingly trump nuance and narrative risk, industry insiders say. (Photo by Sujit Jaiswal / AFP) / To go with INDIA-ENTERTAINMENT-BOLLYWOOD, FOCUS by Seema Sinha.
अ+ अ-

मुम्बई। भारतको बलिउड उद्योग ठूलो स्केल, तीव्र टकराव र भव्य प्रस्तुतिमा आधारित सिनेमातर्फ निर्णायक रूपमा उन्मुख भइरहेको छ ।

देशभक्ति, तमाशा र स्पष्ट वैचारिक सन्देशलाई प्राथमिकता दिने यो प्रवृत्तिले सूक्ष्म कथा र जोखिमपूर्ण प्रयोगलाई पछाडि पार्दै लगेको उद्योगका जानकारहरू बताउँछन् ।

विश्लेषकहरू यस प्रवृत्तिलाई ‘इभेन्ट सिनेमा’ का रूपमा वर्णन गर्छन् । स्टुडियोहरूले विशेषगरी स्मार्टफोनमा बढी अभ्यस्त जेन–जेड दर्शकलाई पुनः हलसम्म ल्याउन ठूलो बजेट, भव्य दृश्य र चर्चित कलाकारमा दाउ लगाइरहेका छन् ।

यो रणनीतिले सकारात्मक सङ्केत देखाएको छ । प्रमुख फिल्म प्रदर्शक अक्षय राठीका अनुसार सन् २०२६ मा शुद्ध हिन्दी बक्स अफिस सङ्कलनमा ४५ देखि ५० प्रतिशतसम्म वृद्धि र युवा दर्शकको हल उपस्थितिमा करिब २५ प्रतिशत बढोत्तरी हुने अनुमान छ । “यो वर्ष ऐतिहासिक हुनसक्छ”, उहाँले भन्नुभयो ।

कोभिड–१९ महामारीका बेला स्ट्रिमिङ प्लेटफर्मको तीव्र विस्तारसँगै बलिउडको वित्तीय मोडेल हल्लिएको थियो । तर अब सन् २०२६ को चलचित्र सूचीमा देशभक्तिपूर्ण युद्ध नाटक, जासुसी थ्रिलर, पौराणिक कथा र राष्ट्रवादी आख्यानहरू हावी छन् । विश्लेषकहरूका अनुसार यसले व्यावसायिक पुनरुत्थान मात्र नभई, रचनात्मक प्राथमिकतामा आएको ठूलो परिवर्तन पनि देखाउँछ ।

आलोचकहरू भने बलिउडका धेरै चलचित्र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू–राष्ट्रवादी विचारधारासँग मेल खाने विषयवस्तुतर्फ झुक्दै गएको बताउँछन् । चलचित्र व्यापार विश्लेषक अतुल मोहन भन्नुहुन्छ, “आजका चलचित्रका विषय केन्द्रमा को सत्तामा छ भन्ने कुरासँग जोडिएका छन् । हिन्दू लहर र प्रचार ठूला कारक बनेका छन्, तर सबै फिल्म सफल हुँदैनन् ।”

उहाँले सन् २०२२ को सफल फिल्म ‘द काश्मीर फाइल्स’ र सन् २०२५ को असफल ‘द बङ्गाल फाइल्स’ को उदाहरण दिँदै वैचारिक विषय मात्रै पर्याप्त नहुने तर्क गर्नुभयो ।

हाल मुख्यधाराको हिन्दी सिनेमामा भू–राजनीतिक द्वन्द्व, आन्तरिक शत्रु र वीर पुरुषत्व केन्द्रमा रहेका कथाहरू हावी छन् । गत वर्ष रिलिज भएको अति–राष्ट्रवादी एक्सन थ्रिलर ‘धुरन्धर’ भारत–पाकिस्तान सीमामा भएको वास्तविक झडपको पृष्ठभूमिमा सन् २०२५ का सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बनेको थियो । यसको सिक्वेल ‘धुरन्धर २’ आगामी मार्चमा प्रदर्शनमा आउने तयारीमा छ ।

तर सबै सहमत छैनन् । वरिष्ठ फिल्म समीक्षक अर्नब बनर्जीका अनुसार अहिले फिल्मको शिल्पभन्दा प्रचार सन्देश हावी भएको छ । उहाँले अनावश्यक हिंसाको प्रयोग र सामाजिक सञ्जालको प्रचारले फिल्मको भाग्य निर्धारण गरिरहेको टिप्पणी गर्नुभयो । सन् १९७१ को युद्धमा आधारित फिल्म ‘इक्किस’ ले सकारात्मक समीक्षा पाए पनि व्यापारिक रूपमा कमजोर प्रदर्शन गर्नु त्यसको उदाहरण भएको उहाँको भनाइ छ ।

यसबीच निर्देशक अहमद खान भने गुणस्तर नै अन्ततः सफलताको आधार हुनेमा जोड दिनुहुन्छ । “विधा जे भए पनि, राम्रोसँग बनेको फिल्म चल्छ”, उहाँले भन्नुभयो । सन् २०२५ मा रोमान्टिक ड्रामा ‘सैयारा’ र एक्सन फिल्म ‘धुरन्धर’ दुवैले राम्रो व्यापार गरेको उदाहरण दिँदै उहाँले दर्शकको मनस्थिति समयसँगै बदलिन सक्ने बताउनुभयो ।