४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित आकर्षक पुरस्कार

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन हुने, नगदसहित आकर्षक पुरस्कार
अ+ अ-

काठमाडौँ । नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाली सेनाले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । बलियो एकता, सुरक्षित राष्ट्र भन्ने राष्ट्रिय भावनासहित प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ । प्रतियोगिता पाँच विधामा सञ्चालन हुनेछ ।

४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुल्लातर्फ २५० जनाको सहभागिता रहनेछ । सेनानी गगनबहादुर महतराकाअनुसार २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ ६०० जना सहभागी हुने जानकारी दिनुभयो ।  सेनाका कर्मचारी, अवकाशप्राप्त सैनिक तथा कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ, जसमा ८०० जनाको सहभागिता रहनेछ । उच्चपदस्थ अधिकारी तथा आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गमा ४५० जना सहभागी हुनेछन् भने कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौडमा १०० जना सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसँगै मोटरसाइकल तथा स्कुटरजस्ता आकर्षक पुरस्कार प्रदान गरिनेछ । ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले तीन लाख, द्वितीयले दुई लाख र तृतीयले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा चौथोदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । २१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ प्रथम हुने खेलाडीले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै चौथोदेखि दशौँ स्थानसम्मका धावकहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
१० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी) तर्फ महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा ५ किलोमिटर वाकिङ्ग विधामा पनि स्थानअनुसार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नगद पुरस्कारसँगै ४२.१९५ किलोमिटर म्याराथन पुरुष विजेतालाई मोटरसाइकल, २१ किलोमिटर हाफ म्याराथन पुरुष र महिला विजेतालाई काठमाडौं महानगरपालिकाबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक समितिकाअनुसार प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक एकता प्रवद्र्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि, राष्ट्रिय सुरक्षा सन्देश प्रवाह तथा युवा पुस्ता र नेपाली सेनाबीच सकारात्मक सम्बन्ध विकास गर्नु हो । प्रतियोगिता नेपाली सेनाको सामाजिक उत्तरदायित्व र राष्ट्रनिर्माणमा सक्रिय सहभागिताको प्रतिक भएको सेनाले उल्लेख ग¥यो ।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस म्याराथनले हरेक वर्ष नेपाली सेना र सर्वसाधारणबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको आयोजकको भनाइ छ । यस वर्ष पनि प्रतियोगिता सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले नेपाली सेनाका सम्बन्धित कार्यालय वा तोकिएका दर्ता केन्द्रमार्फत नाम दर्ता गर्न सक्नेछन् ।