८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखका सापकोटा निर्वाचित हुँदा कुन नेताले दिए कस्तो प्रतिक्रिया



अ+ अ-

काठमाडौं । सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका नेताहरुले उहाँलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती उहाँसामु रहेको बताउनुभएको छ । सापकोटाले चाहेको खण्डमा निष्पक्ष रुपमा सदन सञ्चालन हुने उल्लेख गर्दै भट्टराईले लामो समय शिक्षण पेशमा रहनुभएका सापकोटा बौद्धिक व्यक्तित्व भएको बताउनुभयो । जनयुद्धमा समेत सँगै काम गरेको स्मरण गर्नुहुँदै भट्टराईले लगनशिल भएर काम गर्ने सापकोटा क्षमता प्रति आफु जानकार रहेको बताउनुभयो । जनयुद्धमा परिवारले निकै त्याग र बलिदान गरेकाले पनि सभामुखका लागि सापकोटा उपयुक्त पात्र भएको भट्टराईको भनाई छ । ‘‘निष्पक्ष रुपमा सभालाई कसरी अगाडी बढाउनुहुन्छ भन्ने मुख्य चुनौती हो । उहाँले चाहानुभयो भने सक्नुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व नि हो । शिक्षकका रुपमा लामो समय काम गर्नुभयो । जनयुद्धमा लगनशिल भएर काम गर्नुभयो । उहाँको पार्टीले निकै त्याग र बलिदान पनि गरेको छ । त्यस अर्थमा उहाँ सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ’’, भट्टराईले भन्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सापकोटा सबैले आश र विश्वास गरेका व्यक्ति भएको बताउनुहुँदै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । प्रतिपक्षी दलका केही आशंकाहरु रहेकामा पदमा रहँदा सापकोटाले ती आशंका र सामाजिक संजाल तथा अन्य क्षेत्रबाट भइरहेका आलोचनाहरुका विषयमा ध्यान दिएर संसद अगाडी बढाउनुपर्ने नेपालले बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेताहरुमा आलोचना सहने बानी नरहेको बताउनुहुँदै सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको र यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । ‘‘सबैले आश गरेका छन् । विश्वास गरेका छन् । यो जिम्मेवारी उहाँले कुशलताका साथ बहन गर्नुहुनेछ । प्रतिपक्षका केही आशंका छन् । तीन आशंका पनि उहाँले पदिय जिम्मेवारी सम्हाल्ने क्रममा नै ध्यानमा राख्नुहुनेछ । र समाजमा देखिएका सामाजिक सञ्जालमा देखिएका कुराहरुलाई उहाँले ध्यान दिनुहुनेछ । हाम्रो बानी आलोचना नसहने छ । त्यो कुरामा उहाँले ध्यान पु¥याउनुपर्छ । आफनो योग्यता, क्षमतालाई पुष्टि गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास छ’’, नेता नेपालले भन्नुभयो ।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने बताउनुभयो । तीन दशकसम्म शिक्षण पेशा अंगाल्नुभएका व्यक्ति सभामुखमा निर्वाचित भएको बताउदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले ३ पटक संसद, २ पटक मन्त्री बनिसकेको व्यक्तिले सभामुख राम्ररी चलाउन सक्ने बताउनुभयो । ‘‘संविधान बमोजिम, ऐन कानुन बमोजिम उहाँ जसरी निर्वाचित भएर आउनुभयो । सांसद हुनुभयो । सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो । यसमाथि तीन दशक शिक्षक भएर आउनुभयो । तीन पटक निर्वाचित भएर आउनुभयो । २ पटक मन्त्री हुनुभएको छ । यति लामो अनुभव भएको मान्छेले पनि सभामुख चलाउन सकेन भने कसले चलाउँछ’’, नेता खनालले भन्नुभयो ।

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताउनुभएको छ । संसद मात्रै नभएर सबैतिर यसरी नै सहमति जुट्दा राम्रो हुने उहाँको भनाई छ । सभामुख कुनै एक पार्टीको प्रतिनिधि नभएर संसदको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । ‘‘सभामुख भएपछि कुनै एक पार्टीको मात्रै प्रतिनिधि नभएर संसदकै प्रतिनिधिको रुपमा गाम्भिरयताको रुपमा निष्पक्षता साथ निर्भिकताका समथ भूमिका खेल्लुपर्छ भन्ने आश लिएका छौ’’, उहाँले भन्नुभयो । महतोले उपसभामुखका विषयमा सत्तारुद दलसँग कुनै सहमति अहिलेसम्म नभएको बताउनुभयो । सत्तारुढ दलसँग अहिले कुनै सहमति र कुराकानी नै नभएको दावी गर्दै महतोले नेकपाको बहुमत रहेको र उसैले चाहेको पार्टीबाट उपसभामुख हुने बताउनुभयो ।

प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सुचारु हुनेमा खुसी व्यक्त गर्नुभयो । सभामुखको पद तठस्थ रहेको र सत्तापक्षको सरकार भएपनि संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषयलाई सापकोटाले बुझ्ने अपेक्षा आफ्नो रहेको बताउनुभयो । बडुले प्रतिपक्षी दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायि बनाउने काममा सहयोग गर्ने अपेक्षा आफ्नो दलले दिएको बताउनुभयो । ‘‘सभामुख पद तठस्थ रहेर अझ बढी सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद हुन्छ भन्ने विषयलाई उहाँले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ । प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोग हुने अपेक्षा लिएका छौँ’’, उहाँले भन्नुभयो ।

हिउँदे अधिवेशन सुरु भएको लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।