३१ भाद्र २०८३, बुधबार
,
Latest
शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनमा नियन्त्रणमा चुनौती



सांकेतिक तस्बिर
अ+ अ-

रुपन्देही । मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका लागि तीन तहका सरकारको समन्वय र सहकार्यमा नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभएको थियो । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले मानव बेचबिखन सामूहिक प्रयत्नको खाँचो औल्याउँनुभयो । मन्त्रालयका सहसचिव रोशनीकुमारी श्रेष्ठले लागुऔषधको कारोबारपछि दोस्रो ठूलो अपराधका रुपमा मानव बेचबिखन देखिएको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका नीति कार्यक्रमबारे जानकारी गराउँदै कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले सरकारको प्रयासले मात्रै मानव बेचबिखन नियन्त्रण सम्भव नरहेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । 

बुटवल उपमहानगरपालिका, सामाजिक विकास महाशाखा प्रमुख तुल्सा अर्यालले समाजमा हुने हिंसा, विभेद र मानव बेचबिखन नियन्त्रणका लागि नगरमा टोल निगरानी समिति बनाएर निगरानी बढाएको र सोहीअनुसार कार्यक्रमसमेत बनाएर कार्यान्वयन गरिएको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी रिमा बिसी, सावित्रा घिमिरे, उषा गुरुङ, पत्रकार अस्मिना पाण्डेलगायतले घरेलु हिंसा र दुव्र्यवहारका  कारण पनि महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताउनुभयो । (रासस)