२० श्रावण २०८३, बुधबार
,
Latest
न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो न्यायपालिकाको स्वतन्त्रतामाथि देखिएका चुनौतीबारे अन्तर्राष्ट्रिय चासोलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव नेपालमा ६० हजार एनजीओमध्ये १० हजार मात्रै सक्रिय, १३६ आइएनजीओ सञ्चालनमा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु दुई सय सात किलो गाँजासहित पक्राउ कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार राष्ट्रिय कृषि नीति, २०८३ जारी संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाको प्रतिवद्धताः ‘सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन’



अ+ अ-

नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनु भयो ।

उहाँले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता पनि जनाउनु भयो । आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उहाँको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउनुहुँदै उहाँले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताउनु भयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गर्नुभयो । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न उहाँले सचेत गराउनु भयो । चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु । यहाँको संसदमा दमदमाएर सर्लाहीको विषय उठ्छ । यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ । मधेसको विषयमा छलफल हुन्छ । पहिले पनि भएको थियो, नभएको भन्ने होइन । तर फरक ढंगले हुन्छ अब । त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ, हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, भरोसा दिएर पटाउनपर्छ भनेर तपाईहरुले त्यहाँ गएर भन्दिनुपर्नेछ । मसंग थोरै समय छ, पार्टीको जिम्मेवारीमा भएकोले गर्दा काठमाडौंभन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्नेछ । म क्षेत्रमा सम्पुर्ण दिन बस्ने अवस्था रहँदैन । यति कुरा विश्वास दिलाउन चाहन्छु की एक जनाले पनि सर्लाही ४ मा गगन थापालाई रुख चिन्हमा मतदान गरेर काँही मैले त्यो बेलामा गल्ती गरेछु की भन्ने तपाई एक जनालाई पनि महसुस हुने अवस्था आउन दिन्न । यो पाँच वर्ष काठमाडौको संसदमा, काठमाडौको सिंहदरबारमा आजसम्म मधेसको विषय जसरी उठ्यो, छलफलमा वा निर्णयमा त्यो भन्दा यो ५ वर्ष भिन्न हुनेवाला छ । मैले त्यहाँको प्रतिनिधित्व भिन्न ढंगले गर्छु । मेहनत तपाईंहरुले गरिदिनुपर्छ, चुनाव हो । चुनावमा आफ्नो उम्मेद्वार बलियो, अरुको कमजोर कहिले आकलन गर्नुहुँदैन ।’ 

उहाँले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताउनु भयो । गर्न नसकिने कामलाई आफूले शुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पार्नुभयो । उहाँले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताउनु भयो ।