६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

कोरोना भाइरसका विषयमा विशेष ध्यान दिनुहोस् : मन्त्री भट्टराई

कोरोना भाइरसका विषयमा विशेष ध्यान दिनुहोस्  : मन्त्री भट्टराई
अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । उहाँले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बीनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताउनुभयो । उहाँले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइरसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेको समेत बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिएको समेत बताउनुभो ।

कोरोना भाइरसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भाइरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पु¥याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिनुभयो ।