२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टफोन टावरमा आगजनी



अ+ अ-

गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताउनुभयो ।

आइतबार राति करिब ११ बजेको समयमा आगजनी भएको वस्तु प्रहरी चौकीले जनाएको छ । आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलार्ई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ । विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयवासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो ।

स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।